logo

२०८३ कार्तिक १० सोमबार

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल


खबर सर्कल
  • बुधबार, २९ असोज २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २९ असोजः सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गर्नुभएको छ ।

    सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

    पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend