logo

२०८३ कार्तिक १० सोमबार

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस


खबर सर्कल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री  प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस निकालेको छ ।बुधबार अनेरास्ववियुले त्रिचन्द्र कलेजमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

    बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुले कानुनी कारबाहीको माग गरेको छ । गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीका कारण सो घटना भएको निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend