logo

२०८३ कार्तिक १० सोमबार

बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास

बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास


खबर सर्कल
  • बिहिबार, ३० असोज २०८२
  • 1.5K
    SHARES

    कञ्चनपुर, ३० असोज : यहाँको लालझाडी गाउँपालिका–२ कञ्जमा बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास (सेफ हाउस) निर्माण गरिने भएको छ । गाउँपालिका र ‘पेशवान’ नामक गैरसरकारी संस्थाको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण सुरु गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार रु ५९ लाखमा ठेक्का प्रक्रियामार्फत सुरक्षित आवास भवन निर्माण सुरु गरिएको छ । “समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत निर्माण भइरहेको सुरक्षित आवासका लागि गाउँपालिकाले रु पाँच लाख लगानी गरेको छ”, अध्यक्ष रानाले भन्नुभयो, “बाँकी रकम संस्थाले व्यहोरेको छ ।”

    दोदा नदीको बाढी प्रभावित बासिन्दालाई सुरक्षित आवासमा खाद्यान्न तथा अतिआवश्यक सामग्री भण्डारण गर्ने, बालबालिका, वृद्ध, असक्त, अपाङ्गता भएका व्यक्ति र महिलालाई सुरक्षित बसोबास गर्न सहज होस् भन्ने उद्देश्यले आवास निर्माण गरिएको पेशवानका प्राविधिक जनक लेखकले बताउनुभयो । उहाँका अनुसार सो भवनमा सामुदायिक विपद् व्यवस्थापन समितिले छलफल, बैठक तथा तालिमका कार्यक्रम सञ्चालन गर्न पनि सहज हुनेछ ।

    यसैगरी, पुनर्नवास नगरपालिका–५ रातोताल सिम्रीमा पनि पालिकासँगको सहकार्यमा रु ४६ लाख लागतमा अर्को दुईतले सुरक्षित आवास निर्माण अगाडि बढाइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend