logo

२०८३ कार्तिक १० सोमबार

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित


खबर सर्कल
  • शुक्रबार, १ कार्तिक २०८२
  • 1.5K
    SHARES

    भोजपुर, ३१ असोज : समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।

    सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई, वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहनुभएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले दिएको ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको मार्गदर्शन हुन् । उनीहरूको सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो ।”

    उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको जीवन सहज र सम्मानित बनाउन गाउँपालिकाले सहयोगमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकप्रतिको कदर र सम्मान भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend