logo

२०८३ कार्तिक १० सोमबार

नेपाली कांग्रेसद्वारा विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

नेपाली कांग्रेसद्वारा विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त


खबर सर्कल
  • मंगलबार, ५ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ४ कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

    जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल जानुभएको थियो । उहाँ सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तरराष्ट्रिय समुदाय र मानवअधिकारवादी सङ्घ–संस्थाले निरन्तर कुटनीतिक पहल गर्दै आएको थियो । उहाँका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो ।

    जोशीको पार्थिव शरीरको आज महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टी गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend