logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ


खबर सर्कल
  • मंगलबार, ५ कार्तिक २०८२
  • 1.6K
    SHARES

    सिरहा, ४ कात्तिकः बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।

    पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का २१ वर्षीय सङ्गीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् । पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend