logo

२०८३ कार्तिक १० सोमबार

गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन

गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन


खबर सर्कल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 1.9K
    SHARES

    नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् ।

    ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो ।

    प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे ।

    सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक र यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

     

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend