logo

२०८३ कार्तिक १० सोमबार

महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने


खबर सर्कल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 2K
    SHARES

    १० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।

    बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ ।

    बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवदेनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

    बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ । शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

    सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।

     

    श्रोत: onlinekhabar

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend