logo

२०८३ कार्तिक १० सोमबार

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा


खबर सर्कल
  • सोमबार, ११ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १० कात्तिक : हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । गण्डक िर कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend