logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : मन्त्रीले राजीनामा नदिने भए हटाउनुपर्दैन ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : मन्त्रीले राजीनामा नदिने भए हटाउनुपर्दैन ?


खबर सर्कल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 2.2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मन्त्री निर्लज्ज हुँदैमा सिंगो सरकार/प्रधानमन्त्री नै निर्लज्ज हुन नहुने टिप्पणी गरेका छन् ।

    पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार निर्लज्जताको पराकाष्ठा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मन्त्रीहरु भ्रष्टाचारमा मुछिएर अख्तियारमा बयान दिँदै हिडेपनि प्रधानमन्त्रीले यसमा कुनै अप्ठेरो नमानेको बताए ।

    ‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’, अध्यक्ष ओलीले प्रश्न गरे ।

    फागुन ८ गतेदेखि सुरु भएको एमाले बैठक आज सकिएको हो । बैठकले आगामी वर्षलाई पार्टी शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

    बैठकले सरकारविरुद्ध छिटै जनपरिचालनको एजेण्डा सार्वजनिक गर्ने र आवश्यकता अनुसार सदन र सडकमार्फत जनताका आवाज उठाउने एमालेले जनाएको छ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend