logo

२०८३ कार्तिक १० सोमबार

सुनको मूल्य तोलाको दुई हजार घट्यो

सुनको मूल्य तोलाको दुई हजार घट्यो


खबर सर्कल
  • सोमबार, ११ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १० कात्तिक ः स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

    आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend