logo

२०८३ कार्तिक १० सोमबार

रास्वपाद्वारा छठ पर्वको शुभकामना

रास्वपाद्वारा छठ पर्वको शुभकामना


खबर सर्कल
  • सोमबार, ११ कार्तिक २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।

    छठ पर्वका अवसरमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यस पर्वबाट प्राप्त प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

    आज छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उहाँले छठले आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित तथा सामूहिक सद्भाव तथा एकताको सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

    “छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकता अभिवृद्धिमा योगदान गर्दा विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै ल्याएको छ”, अर्यालले भन्नुभएको छ, “प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने लोक आस्थाको पर्व छठले नेपाली समाजको गहिरो धार्मिक सांस्कृतिक महत्व र पहिचानलाई जीवन्त राख्दै आएको छ ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend