logo

२०८३ कार्तिक १० सोमबार

मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते, स्थानीय आक्रोशित

मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते, स्थानीय आक्रोशित


खबर सर्कल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।

    ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरूको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend