logo

२०८३ कार्तिक १० सोमबार

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै


खबर सर्कल
  • बिहिबार, १४ कार्तिक २०८२
  • 1.4K
    SHARES

    राँझा (बाँके), १३ कात्तिक : नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।

    नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।

    एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उहाँले बताउनुभयो । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend