logo

२०८३ कार्तिक १० सोमबार

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा


खबर सर्कल
  • बिहिबार, १४ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १३ कात्तिकः नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिनुभएको एन्फाका महासचिव किरण राईको जानकारी दिनुभयो । के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उहाँले बताउनुभयो ।

    आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend