logo

२०८३ कार्तिक १० सोमबार

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै


खबर सर्कल
  • शुक्रबार, १५ कार्तिक २०८२
  • 1.5K
    SHARES

    कञ्चनपुर, १४ कात्तिकः शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

    दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।

    पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भन्नुभयो । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उहाँले सुनाउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend