logo

२०८३ कार्तिक १० सोमबार

तोरण तारेर एकादशी पर्व मनाउँदै श्रद्धालुहरु

तोरण तारेर एकादशी पर्व मनाउँदै श्रद्धालुहरु


खबर सर्कल
  • शनिबार, १६ कार्तिक २०८२
  • 1.6K
    SHARES

    नवलपुर (नवलपरासी), १५ कात्तिकः ठूलो एकादशी भनी चिनिने कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्वका क्रममा नवलुरका विभिन्न तीर्थस्थलमा फूलको डोली एवम् तोरण तारिएको छ ।
    एकादशीको क्रममा यहाँको नारायणी नदीको पुल, देवघाटलगायतका स्थानमा फूलको डोरी र तोरण तारिएको छ । तोरण तार्नका लागि जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुको ठूलो भीड लागेको छ ।

    हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि श्रद्धालुहरु फूलको डोला, बाजागाजाका साथ नदी किनारमा पुगेका थिए ।
    यस पर्वको अवसरमा तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगाला वा बाँसको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवीदेवताको तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आज जिल्लास्थित गैँडाकोटको शिख्रौलीघाट, बुलिङटारको घुमारीघाट, देवचुलीको पिठौलीघाट, केउरेनीघाट, कावासोतीको गुन्द्रहीघाट, मध्यविन्दुको ब्रम्हस्थानघाट, हुप्सेकोटको विष्णुधाम, विनयी त्रिवेणीको बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लागेको छ ।

    RSS

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend