logo

२०८३ कार्तिक १० सोमबार

उपल्लो डोल्पामा हिमपातका कारण आन्तरिक नाँकाबन्दी

उपल्लो डोल्पामा हिमपातका कारण आन्तरिक नाँकाबन्दी


खबर सर्कल
  • शनिबार, १६ कार्तिक २०८२
  • 1.6K
    SHARES

    काँक्रेविहार (सुर्खेत), १५ कात्तिक : उपल्लो डोल्पामा रहेको शे फोक्सुण्डो गाउँपालिका मंगलबार देखि परेको हिमपातका कारण आन्तरिक नाँकाबन्दीमा परेको छ ।
    पालिकाका अधिकांश ठाउँमा बाक्लो हिउँ परेपछि एक ठाउँबाट अर्को ठाउँमा जान समस्या भएको गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले बताउनुभयो ।

    ५ हजार ४०० मिटरको नेन्ला पास , मुक्पोरोङ हिमालमा हिउँले बाटो नै बन्द भएको उहाँको भनाई रहेको छ । शे फोक्सुण्डोमा १२ भन्दा धेरै अग्ला हिमालहरु पार गरेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने बाध्यता रहेको छ । पालिकाको काम समेत ठप्प भएको छ । पालिकामा सेवालिन आउने सेवाग्राहीहरु आउने बाटो नै अवरुद्ध भएका कारण पालिकाको काम ठप्प भएको छ ।
    पालिका रहेको क्षेत्रमा समेत बाक्लो हिउँका कारण आवतजावत गर्न सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । पालिकाको केन्द्र साल्दाङमा रहेको पालिकाको भवनमा समेत बाग्लो हिउँ पर्दा सेवा दिन समस्या परेको छ । पालिकाको प्रशासकीय भवन हिउँले आधा डुवेको अवस्थामा रहेको छ । मंसिरको अन्तिम तीर पर्दै आएको हिमपात यो पटक कात्तिक हुँदा पूर्व तयारीका कामहरु गर्न नपाएको पालिकाले जनाएको छ ।

    हिमपातका कारण फोन सेवा समेत ठप्प भएको छ । पालिकामा कर्मचारीहरु हिमपातका कारण पुग्न सकेको अवस्था छैन । कात्तिक १० गते भन्दा अगाडी नै विद्यालयको बार्षिक परीक्षा पुरा भएकाले विद्यालय भने बन्द गरिएको थियो । सदरमुकाम आउने र जाने मात्र नभई उपल्लो डोल्पाकै अन्य पालिकामा जान समेत हिउँका कारण समस्या आएको छ ।

    RSS

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend