logo

२०८३ कार्तिक १० सोमबार

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण


खबर सर्कल
  • सोमबार, १८ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १७ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गर्नुभएको छ ।

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिनुभयो ।

    त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

    उहाँहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभयो ,। गर्न पुग्नुभएको थियो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राख्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend