logo

२०८३ कार्तिक १० सोमबार

तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव


खबर सर्कल
  • सोमबार, १८ कार्तिक २०८२
  • 1.5K
    SHARES

    सिमकोट (हुम्ला), १७ कात्तिकः सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उहाँको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

    आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।”

    अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च उहाँका बुबा चैतेले बताउनुभयो । “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उहाँले भन्नुभयो ।

    अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित हुनुहुन्छ । उहाँका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहनुभएको छ । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend