logo

२०८३ कार्तिक १० सोमबार

दूधे रङ्गशालामा आजदेखि झापा महिला गोल्डकप हुँदै

दूधे रङ्गशालामा आजदेखि झापा महिला गोल्डकप हुँदै


खबर सर्कल
  • सोमबार, १८ कार्तिक २०८२
  • 1.4K
    SHARES

    झापा, १७ कात्तिक : झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो ।

    कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

    रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, सङ्कटा, झापा, आरएस पोखरा र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता रहेनछ ।

    प्रतियोगिताको विजेताले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार प्रदान गरिने अध्यक्ष थोप्राले बताउनुभयो । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले समान रु २५ हजार पुरस्कार पाउने छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend