logo

२०८३ कार्तिक १० सोमबार

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि


खबर सर्कल
  • सोमबार, १८ कार्तिक २०८२
  • 1.4K
    SHARES

    जुम्ला, १७ कात्तिकः चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ ।

    जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई रु ५० हजार जित्न सफल भएको छ । जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत एक गोलले पछि पारेको थियो ।

    कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

    यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend