logo

२०८३ कार्तिक १० सोमबार

शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक

शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक


खबर सर्कल
  • मंगलबार, १९ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १८ कात्तिकःकोरियाली अन्तरराष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरकारीस्तरको सम्बन्धलाई जनस्तरमा पनि सुमधुर तुल्याउँदै आएको छ ।

    द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै कोइकाले भोलिदेखि कार्यस्थतलमा परिचालन हुनेगरी दुई जना स्वयंसेवकलाई नेपालमा खटाएको छ । यहाँस्थित कोइका कार्यालयका अनुसार स्वयंसेवक सोक्हेइ यीले भोलिदेखि बुटवलस्थित कोरिया–नेपाल पोलिटेक्निक इन्स्टिच्युट र जिनप्यो ज्योङले धनगढीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वयंसेवा गर्नुहुनेछ ।

    हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, कास्की, इलाम र कैलालीमा १० जना कोरियाली स्वयंसेवक कार्यरत छन् । कोभिड–१९ महामारीपछि कोइकाले विभिन्न क्षेत्रमा गरी २७ जना स्वयंसेवक नेपालमा परिचालन गरेको छ । सन् १९९० यता ४९५ जना कोरियाली स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् ।

    स्वयंसेवक कार्यक्रमको उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई समुदायस्तरमा स्थानान्तरण गर्नाका साथै साझेदार मुलुकहरूसँगको मित्रता र आपसी बुझाइ सुदृढ गर्नु हो । यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने कोयकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend