logo

२०८३ कार्तिक १० सोमबार

सहकारीद्वारा मकैको पीठो बजारीकरण

सहकारीद्वारा मकैको पीठो बजारीकरण


खबर सर्कल
  • मंगलबार, १९ कार्तिक २०८२
  • 1.4K
    SHARES

    गुल्मी, १८ कात्तिकः यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो ।

    बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ । उद्योगका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट रु ७३ लाख र साना किसान सहकारी संस्थाबाट रु १६ लाख ५० हजार सहयोग उपलब्ध गराएको थियो । उक्त रकमबाट उद्योगको भवन निर्माणदेखि पीठो बजारीकरणसम्म करिब ९० लाख लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

    साना किसान सहकारीले किसानहरुको मकै प्रतिपाथी रु २०० मा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पु¥याउने गरेको छ । हाल पीठो प्रतिकिलोे रु १३० मा बिक्री भइरहेको छ । सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ ।

    सहकारीले यस वर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिएको सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो । करिब ३०० किसान सहकारीमा आबद्ध छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend