logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल


खबर सर्कल
  • बिहिबार, २१ कार्तिक २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २० कात्तिकः नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ ।

    पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

    हाल उहाँ मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहनुभएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend