logo

२०८३ कार्तिक १० सोमबार

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू


खबर सर्कल
  • बिहिबार, २१ कार्तिक २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २० कात्तिकः कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ ।

    बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो ।

    कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल तथा सह–अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गर्नुभएको थियो ।

    बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य उपस्थित हुनुहुन्थ्यो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend