logo

२०८३ कार्तिक १० सोमबार

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन


खबर सर्कल
  • बिहिबार, २१ कार्तिक २०८२
  • 1.5K
    SHARES

    देवदह (रुपन्देही), २० कात्तिकः भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

    भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ ।

    जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सारकार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

     

    R.S.S

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend