logo

२०८३ कार्तिक १० सोमबार

किसानलाई अनुदानमा गहुँको बीउ

किसानलाई अनुदानमा गहुँको बीउ


खबर सर्कल
  • बिहिबार, २१ कार्तिक २०८२
  • 2.8K
    SHARES

    तुलसीपुर (दाङ), २१ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

    उहाँका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ । जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो । किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रूपैयाँ पर्न जान्छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend