logo

२०८३ कार्तिक १० सोमबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


खबर सर्कल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 2.1K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

    यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

    बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताए ।

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend