logo

२०८३ कार्तिक १० सोमबार

देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान

देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान


खबर सर्कल
  • शनिबार, २३ कार्तिक २०८२
  • 1.6K
    SHARES

    दमक (झापा), २२ कात्तिक : यहाँको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सिसी क्यामेरा जडान गरेका छन् ।

    टोल विकास संस्थाल अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभएको छ ।

    विसं २०६३ मा स्थापना भएको उक्त संस्थाले भैपरि सामाजिक कामका लागि रु एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टल बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend