logo

२०८३ कार्तिक १० सोमबार

राजदूत पण्डितलाई मातृशोक

राजदूत पण्डितलाई मातृशोक


खबर सर्कल
  • शनिबार, २३ कार्तिक २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, २२ कात्तिक : इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई मातृशोक परेको छ ।

    उहाँकी आमा कुन्तीदेवी पण्डितको ९६ वर्षको उमेरमा शुक्रबार राति महेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको उहाँकी नातिनी मञ्जु पण्डितले जानकारी दिनुभयो ।

    कुन्तीदेवी केही समयदेखि अल्जाइमरलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका ९८ वर्षीय पति, दुई छोरा र दुई छोरी हुनुहुन्छ । राजदूत पण्डितलाई परराष्ट्र मन्त्रालय फिर्ता हुन सरकारले निर्देशनदिएपछि बुधबार राति उहाँ नेपाल फर्कनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend