logo

२०८३ कार्तिक १० सोमबार

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम


खबर सर्कल
  • मंगलबार, २६ कार्तिक २०८२
  • 1.5K
    SHARES

    अछाम, २५ कात्तिकः जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।

    कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालिमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend