logo

२०८३ कार्तिक १० सोमबार

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

रोहितले दार्जिलिङमा टेनिस खेल्ने


खबर सर्कल
  • मंगलबार, २६ कार्तिक २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २५ कात्तिकः नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।

    पुरुष÷महिला सिङ्गल्स र भेट्रानको विभिन्न उमेर समूहको ६ गरी आठ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन लाख ८० हजार रहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend