logo

२०८३ कार्तिक १० सोमबार

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना


खबर सर्कल
  • बिहिबार, २८ कार्तिक २०८२
  • 1.3K
    SHARES

    खोटाङ, २७ कात्तिकः गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गतसाकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताउनुभयो ।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, वडा नं ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बू, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राईलगायत जनप्रतिनिधि र लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता थियो ।

    उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडाका उद्यमीहरुलाई सहभागी गराएर बाँसकलासम्बन्धी तालिम सञ्चालन गरेको थियो । कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत स्थापना गरिएको उद्योगका लागि यस वर्ष रु १० लाख रकम उपलब्ध रहेको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिनुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend