logo

२०८३ कार्तिक १० सोमबार

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन


खबर सर्कल
  • आइतबार, १ मंसिर २०८२
  • 1.4K
    SHARES

    गलकोट (बागलुङ), ३० कात्तिकः मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ ।

    महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

    महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गर्नुभयो । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend