१९ फागुन, नुवाकोट,
मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौडाले सरोकार वाला निकाय संग समन्वय गर्ने प्रमुख उद्देश्यका साथ बिदुर – ५, नुवाकोटमा दुई दिवसिय अन्तर संवाद कार्यक्रम आयोजना गरेको जानकारी मुख्य न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधीवक्ता राजेन्द्रमणि पौडेलले दिए।
पौडेलका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका न्यायका सरोकार वाला निकायहरू: प्रहरीहरु, जिल्ला न्ययाधिबक्ताहरु, वार एशोसिएशन, श्रेस्तेदारहरु, तहसिलदारहरु, वैतनिक वकिलहरु, कारागार प्रमुखहरु संग अन्तर-संवाद गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नायब महान्यायाधिवक्ता संजिवराज रेग्मीले गरेका थिए। उनले कार्यक्रमा आफ्नो भनाई राख्दै संघ प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध तथा समन्वय) ऐन ले हाल देखिएका समस्या समाधान हुन थप सहज हुने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा जिल्ला अदालतका माननिय न्यायाधीश गोपाल वास्तोला र सुवासवाबु पुरि, बार एसोसियसन नुवाकोट र धादिङका अध्यक्ष राजाराम थपलिया र विश्वराज अधिकारीको समेत उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमका सभापति बागमती प्रदेशका माननीय मुख्य न्यायाधिवक्ता जानेन्द्र नेपालले सरोकारवाला निकाय बिचको अन्तर संबाद कार्यक्रमले न्याय सम्पादनमा सहज भई, न्याय प्राप्तीमा बिशेष टेवा पुग्ने हुँदा सरोकार वाला निकायहरुले न्याय सम्पादनको क्रममा समन्वय गरि अगाडी बढनु पर्ने कुरामा विशेष जोड दिनु भएको थियो ।
सहायक न्यायाधिवक्ता ठाकुर राम भण्डारीले संचालन गर्नु भएको उक्त कार्यक्रम सफलता पुर्बक सम्पन्न गएको जानकारी मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशका उपन्यायाधिवक्ता उदयचन्द्र अधिकारीले जानकारी गराउनु भयो ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend