logo

२०८३ कार्तिक १० सोमबार

घाइते चितुवाको उद्धार

घाइते चितुवाको उद्धार


खबर सर्कल
  • सोमबार, २ मंसिर २०८२
  • 1.4K
    SHARES

    दमौली (तनहुँ), १ मङ्सिरः भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।

    घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । स्थानीयवासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ । चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उहाँले बताउनुभयो ।

    प्रमुख भाटले भन्नुभयो, “स्थानीयवासीलाई आक्रमण गर्न आएको र ढुङ्गा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयवासीले बताएका छन् ।” घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend