logo

२०८३ कार्तिक १० सोमबार

एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी


खबर सर्कल
  • मंगलबार, ३ मंसिर २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २ मङ्सिरः काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

    उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन् ।

    यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।

    यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियाङ्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।

    पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend