logo

२०८३ कार्तिक १० सोमबार

चन्द नेतृत्वको दललाई मान्यता

चन्द नेतृत्वको दललाई मान्यता


खबर सर्कल
  • मंगलबार, ३ मंसिर २०८२
  • 1.4K
    SHARES

    काठमाडौं, २ मङ्सिरः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।

    आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ ।

    गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’का नाममा सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताले दल दर्ताको निवेदन दिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल एकतापछि नेकपा (माओवादी) को मान्यता दिइएको हो ।

    विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा नयाँ दल दर्ताका लागि निवेदन दिएका दलहरूले मान्यता पाउने क्रम जारी रहेको छ भने निर्वाचनको प्रयोजनका लागि यही मङ्सिर १० गतेभित्र दलहरूले निवेदन दिनुपर्नेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend