logo

२०८३ कार्तिक १० सोमबार

लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड


खबर सर्कल
  • शनिबार, ७ मंसिर २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ६ मङ्सिर:नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

    सो पार्टीद्वारा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गर्नुभयो । उहाँले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गर्नुभयो ।

    पार्टीका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि नेकपा एमाले निरन्तर क्रियाशील रहने बताउनुभयो ।

    त्यस अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend