logo

२०८३ कार्तिक १० सोमबार

एनपिएल : विराटनगर टस जितेर बलिङमा

एनपिएल : विराटनगर टस जितेर बलिङमा


खबर सर्कल
  • शनिबार, ७ मंसिर २०८२
  • 1.8K
    SHARES

    काठमाडौँ, ६ मङ्सिर : यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्स भिड्दै छन् ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ । करण केसीको कप्तानीमा काठमाडौँ गोर्खाज विराटनगरसँग खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेकोे थियो ।

    सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

    यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend