logo

२०८३ कार्तिक १० सोमबार

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता


खबर सर्कल
  • आइतबार, ८ मंसिर २०८२
  • 1.4K
    SHARES

    नेपालगञ्ज, ७ मङ्सिरः आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने छ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये छ हजार ८३५ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी शाहीको भनाइ छ ।

    उहाँले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै अझै पनि धेरैको नाम छुटेको हुनसक्ने बताउनुभयो । “जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन्”, उहाँले भन्नुभयो । यहाँ २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४मतदाता थिए ।

    आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको थियो । आठ स्थानीय तह रहेको बाँकेमा निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगञ्ज र कोहलपुर नगरपालिकाका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend