logo

२०८३ कार्तिक १० सोमबार

मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते


खबर सर्कल
  • मंगलबार, १० मंसिर २०८२
  • 1.4K
    SHARES

    चितवन, ९ मङ्सिरः ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो ।

    भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको होे । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend