logo

२०८३ कार्तिक १० सोमबार

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट


खबर सर्कल
  • शनिबार, १४ मंसिर २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १३ मङ्सिरः नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

    संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

    मलेसियाका मोहम्मद अक्रामले एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    नेपालका लागि नितिस कुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक/एक विकेट लिए ।

    कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

    यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend