logo

२०८३ कार्तिक १० सोमबार

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत


खबर सर्कल
  • शनिबार, १४ मंसिर २०८२
  • 1.4K
    SHARES

    ताप्लेजुङ, १३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन हुनुभएको छ । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन हुनुभएको छ । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend