logo

२०८३ कार्तिक १० सोमबार

एनपिएलमा पहिलोपटक विदेशी कप्तान

एनपिएलमा पहिलोपटक विदेशी कप्तान


खबर सर्कल
  • शनिबार, १४ मंसिर २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दैछन् । आज दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् ।

    यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपिएल इतिहासमै पहिलो विदेशी खेलाडी बने ।

    उनको कप्तानीमा जनकपुरले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट अन्तरराष्ट्रिय मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको पहिले रोजेको छ । लगातार तीन खेल हारेको जनकपुर यो खेल जित्नै पर्ने दबाबमा छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend