logo

२०८३ कार्तिक १० सोमबार

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा


खबर सर्कल
  • आइतबार, १५ मंसिर २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १४ मङ्सिरः लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट (एलबिडब्ल्यु)को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ । अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाए देखाएका थिए ।

    डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend