logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


खबर सर्कल
  • आइतबार, १५ मंसिर २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, १४ मङ्सिरः नेपाली कांग्रेसले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस चितवनकी पूर्वसदस्यसमेत रहनुभएकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।

    स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अङ्ग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

    यसैबीच, श्रेष्ठको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

    कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend