logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट


खबर सर्कल
  • बुधबार, २ पुष २०८२
  • 1.8K
    SHARES

    काठमाडाँैं, २ पुसः प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

    आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर आज प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्टमित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्रीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सुखद यात्राको कामना गर्नुभयो । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउनुभयो ।

    चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend