logo

२०८३ कार्तिक १० सोमबार

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक


खबर सर्कल
  • शुक्रबार, ४ पुष २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, ४ पुसः नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

    आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो

    सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १÷१ जना प्रादेशिक संयोजकसमेत रहने गरी) , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन्

    अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । सङ्घको निर्वाचन काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौँ उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend